भास्केजले रियलसँगको सम्झौता ३ वर्ष बढाए

स्पेनिस क्लब रियल मड्रिडका विंगर तथा राइट ब्याक लुकास भास्केजले क्लबसँगको सम्झौता ३ वर्ष बढाएका छन् ।

सम्झौता बढाएसँगै उनी सन् २०२४ सम्म रियलमै रहने भएका छन् । उनको सम्झौता यही जुनको अन्त्यमा सकिँदै थियो ।

२९ वर्षीय भास्केज रियलकै उत्पादन हुन् । उनले रियलका लागि राइट विंग र राइट ब्याकमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।

बार्सिलोनाविरुद्ध खेल्ने क्रममा घाइते भएपछि उनले यस सिजनको अन्त्यतिरका केही खेल गुमाए । चोटकै कारण उनले युरो कपका लागि स्पेनको टोलीमा पनि स्थान बनाउन सकेनन् ।

सन् २००७ मा रियलको एकेडेमीसँग जोडिएका भास्केजले सन् २०१५ मा सिनियर टोलीबाट डेब्यु गर्ने अवसर पाएका थिए ।

उनले सन् २०१४÷१५ एक सिजन इस्पान्योलबाट लोनमा खेलेका थिए । भास्केजले रियलका लागि २४० खेलमा २६ गोल गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार ११:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया