logo-img

रोनाल्डोले तोड्न नसक्ने मेसीका ५ कीर्तिमान

पछिल्ला १५ वर्षदेखि अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा राज गरिरहेका छन् भन्दा फरक नपर्ला । यी दुबैलाई विश्व फुटबलको सबैभन्दा ठुला प्रतिद्वन्द्वीको रूपमा लिइन्छ । उनीहरूले क्लब फुटबलमा लगभग सबै सफलता हात पारेका छन् ।

अहिले ३३ वर्षका मेसी र ३६ वर्षका रोनाल्डो आफ्नो करिअरको अन्त्यतिर आइसकेका छन् ।

आफ्नो करिअरको अन्त्यतिर आइसक्दा पनि उनीहरूको जोश कुनै युवा खेलाडीको भन्दा कम छैन । तर मेसी र रोनाल्डोको प्रभाव बिस्तारै कम हुन थालेको आभास फुटबल समर्थकले गर्न थालेका छन् । 

युवा खेलाडीको उदय र बढ्दो उमेरका कारण अब विश्व फुटबल केबल मेसी र रोनाल्डोमा मात्र केन्द्रित हुने छैन ।

आधुनिक फुटबलका दुई उत्कृष्ट खेलाडी आफ्नो करिअरको अन्त्यतिर आइपुग्दा यहाँ मेसीको नाममा रहेको ५ यस्ता कीर्तिमानको चर्चा गरिएको छ । जसलाई रोनाल्डोले तोड्न असम्भव छ । 

सर्वाधिक युरोपियन गोल्डेन बुट जित्ने कीर्तिमान



मेसीले सर्वाधिक ६ युरोपियन गोल्डेन बुट जितेका छन् । उनले सन् २००९/१०, २०११/१२, २०१२/२३, २०१६/१७, २०१७/१८ र २०१८/१९ यो अवार्ड हात पारेका थिए ।



रोनाल्डोले सन् २००७/०८, २०१०/११, २०१३/१४ र २०१४/१५ मा यो अर्वाड जितेका थिए । ३६ वर्षीय रोनाल्डोले अब थप ३ युरोपियन गोल्डेन बुट जितेर मेसीको कीर्तिमान भङ्ग गर्न सम्भव छैन ।

लगातार ४ बालोन ‘डि’ ओर अवार्ड जित्ने कीर्तिमान

सर्वाधिक ६ बालोन ‘डि’ ओर विजेता मेसीले सन् २००९, २०१०, २०११ र २०१२ मा लगातार चार पटक यो अवार्ड हात पारे । उनले यसरी लगातार चार पटक अवार्ड जितेर नयाँ कीर्तिमान कायम राखेका थिए । 

रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका छन् । उनले यो रेकर्ड तोड्न सम्भव छैन ।

एकै टिमका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान

Messi celebrates after equaling Pele

लियोनल मेसीले आफ्नो  करिअरमा  स्पेनिस क्लब बार्सिलानाका लागि मात्र खेलेका छन् । उनले बार्सिलोनाका लागि ६७२ गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेका छन् । मेसीले गत डिसेम्बरमा ब्राजिलियन महान खेलाडी पेलेले सान्तोषका लागि गरेको ६४३ गोलको कीर्तिमान तोडेका हुन् । 

स्पोर्टिङ सिपी, म्याचेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्टसका लागि खेलेका रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडका लागि उनले सर्वाधिक ४५० गोल गरेका छन् ।
 
एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान

FC Barcelona v AC Milan - UEFA Champions League Quarter Final (2011-12)

मेसीले सन् २०१२ मा ९१ गोल गर्दै एकै वर्षमा सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेका थिए । उनले सन् १९७२ मा जर्मनका गर्ड मुलरले कायम गरेको ८५ गोलको कीर्तिमान भङ्ग गरेका हुन् । 

रोनाल्डाेले सन् २०१२ मै ६१ गोल गरेका थिए । उनले सन् २०१७ यता एकै वर्ष पनि ५० गोल कटाउन सकेका छैनन् । 

सर्वाधिक ६ बालोन ‘डि’ ओर अवार्ड

सर्वाधिक ६ बालोन ‘डि’ ओर विजेता मेसीलले सन् २००९, २०१०, २०११ र २० १२, २०१५ र २०१९ मा यो अवार्ड जितेका छन् । 

रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा गरी ५ पटक यो अवार्ड जितेका छन् । अब रोनाल्डोले २ बालोन ‘डि’ ओर जितेर मेसीको कीर्तिमान भङ्ग गर्ने सम्भव देखिँदैन । 

याे सामग्री स्पाेर्ट्सकिडाबाट साभार गरिएकाे हाे ।
 

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १६:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया