logo-img

अस्पतालबाट डिस्चार्ज भए मदनकृष्ण

मुटुमा समस्या आएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठ बुधबार बिहान अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालले उनलाई डिस्चार्ज हो । डाक्टरले उनलाई एक महिना बेड रेस्ट गर्न सल्लाह दिएका छन् । 

अस्पतालले दुई सातापछि रेगुलर फलोअपका लागि बोलाएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मदनकृष्णको मुटुमा एन्जियोप्लास्टी गरी दुई वटा स्टयाण्ड राखिएको छ । उनको यसअघि नै एन्जियोप्लास्टी गरेर एउटा स्टयाण्ड राखिएको थियो । 

कोरोना संक्रमण देखिएपछि श्रेष्ठ वैशाखको पहिलो साता र पछि पनि मेडिसिटी अस्पताल भर्ना भएका थिए । कोरोनामुक्त भइसकेपछि पुनः उनको मुटुमा समस्या देखिएको थियो । 





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १७:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया