कोरोना महामारीकै बीच प्रदेश नम्बर २ मा उच्चदेखि तल्लो तहका २८ जना कर्मचारीका लागि आवेदन खुलेको छ । प्रदेश नम्बर २ को लोकसेवा आयोगले २८ जना कर्मचारीको लागि विज्ञापन खोलेको हो ।
प्रदेश लोक सेवा आयोगले सार्वजनिक सूचनामार्फत अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको हो ।
आयोगले विज्ञापन भएका पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ । आयोगले विज्ञापन भएका पदका लागि योग्यता पुगेका उम्मेदवारले दिएको दरखास्तपछि छनौट परीक्षा जनकपुरधाममा हुने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।