logo-img

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि निष्कासित एमाले सांसदको पद सर्वोच्चले फर्काइदियो

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमाले चारजना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हाे।

एमालेले सांसद पदबाट निकालिदिएपछि शाही क्याबिनेटमा मन्त्री भइसकेका तीनजना र प्रकाश ज्वालाले कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरूलाई कर्णाली प्रदेश सभाको सदस्य एवम् नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका सदस्य पदको हैसियतमा काम गर्न दिन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश दिएको हो।

माधव नेपाल पक्षधर यी ४ सांसदले नेकपा एमालेको ह्वीप अवज्ञा गर्दै कर्णालीका मुख्यमन्त्री शाहीको कुर्सी बचाइदिएका थिए । उनीहरुमध्ये थापा, बुढा र शाही अहिले कर्णाली सरकारका मन्त्री छन्।





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार २०:१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया