पोखरीमा डुबेर मृत्यु भएका बालबालिकाको परिवारलाई प्रदेश सरकारकाे १ लाख रुपैयाँ राहत

शुक्रबार पोखरीमा डुबेर मृत्यु भएका बालबालिकाहरूको परिवारलाई प्रदेश-२ सरकारले १/१ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको स्थानीय हुलाश यादवको पोखरीमा डुबेर मृत्यु भएका ५ जना बालिकाहरूको परिवारलाई भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । 

शुक्रबार पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो । 

मृतक पाँचै जनाको शव अहिले पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

मन्त्री यादवले मृतकको परिवारलाई अस्पतालमै गएर भेटघाट गरेका छन् । मृतक परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन । घटनास्थल मन्त्री यादवकै निर्वाचन क्षेत्रमा पर्छ ।
 





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १२:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया