पृथ्वीसुब्बाले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने

गण्डकी प्रदेश सभाका सदस्य पृथ्वीसुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने बताएका छन्। मुख्यमन्त्री रहेका बेला उनकै सचिवालयमा प्रेस संयोजक विक्रम न्यौपानेले गुरुङले पूर्व मुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने जनाएका हुन्। 

‘माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ', न्यौपानेले भनेका छन्, 'उहाँलाई पूर्व मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एकरत्ति पनि इच्छा छैन। उहाँले त्यस्तो सुविधा लिनु हुने छैन।’

नेपाली कांग्रेस नेतृत्वको सरकारले प्रदेशका पूर्व मुख्यमन्त्रीलाई पनि पूर्वप्रधानमन्त्रीलाई जस्तै सुरक्षालगायत सुविधा दिने गरी ऐन ल्याउने निर्णय गरेको छ। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको आइतबार बसेको पहिलो क्याबिनेट बैठकले यस्तो ऐन बनाउने निर्णय लिएको थियो।

सरकारको पहिलो निर्णय नै नेताहरुलाई सुविधा थुपार्ने नियतका साथ आएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ। तर पोखरेल नेतृत्वको सरकारले यसबारेमा ठोस केही बोलेको छैन।





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार २१:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया