ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सप्तरीमा ट्याक्टरले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । 

जिल्लाको खड्क नगरपालिका-८ पहाडे भदिया चोकस्थित सडकमा स १ त नम्बरको ट्याक्टरले अनटेस्ट लेखिएको मोटरसाइकललाई ठक्कर दिँदा चालक सोही नगरपालिका ढोलबाजा निवासी २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राउ स्मारक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनापछि ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । 
 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १३:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया