११ वर्षीया बालिका बलात्कार गर्ने ५३ वर्षीय गुरुङ पक्राउ

कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङ रहेका छन् । 

उनले ती बालिकालाई ललाइफकाइ  गरी पटकपटक बलात्कार गर्दै आएका थिए । पछिल्लो पटक जेठ २३ गते जबरजस्ती करणी गरेको भन्दै पीडितको तर्फबाट जेठ ३० गते प्रहरीमा उजुरी परेको थियो । उजुरी परेपछि प्रहरीले  गुरुङलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।  

पक्राउ परेका गुरुङमाथि करणी मुद्दा अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका
 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १५:५२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया