logo-img

इजरायलले फेरि गर्‍याे गाजामा हवाइ हमला

इजरायलले फेरि गाजामा हवाइ हमला गरेको छ । 

बुधबार बिहान इजरायल डिफेन्स फोर्स(आइडिएफ) ले गाजा सहरमा  खान युनुस र हमासको क्षेत्रमा निशाना बनाइ हमला गरेको बताएको छ । 

आइडिएफले जारी गरेको बयानमा भनेको छ, ‘त्यो क्षेत्रमा आतंकवादी गतिविधि चलिरहेको थियो । गाजापट्टीको आतंकवादी गतिविधिलाई मध्यनजर गर्दै आइडिएफ युद्ध गर्न पनि तयार रहेको छ ।’

अहिलेसम्म हवाइ हमलाले नोक्सान पुर्‍याएकाे बारेमा केही जानकारी मिलेको छैन ।

११ दिनकाे भीषण युद्धपछि मे २१ मा इजरायल र गाजाबीच युद्धविराम भएको थियो । इजरायल र गाजाबीच संघर्ष हुँदा २५६ प्यालेस्टाइनी र १२ इजरायलीको ज्यान गएको थियो ।


 





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार ९:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया