logo-img

रोनाल्डोका कारण कोकाकोलाको सेयर मूल्यमा गिरावट

विश्व चर्चित पेयपदार्थ कोकाकोलाले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका कारण एकै दिन ४ बिलियन अमेरिकी डलरको सेयर मूल्य गुमाएको छ । 

पोर्चुगलका कप्तान रोनाल्डोले सोमबार युरो कप अन्तर्गत हंगेरीविरुद्धको खेल अघि भएको पत्रकार सम्मेलनका क्रममा कोकाकोलाको बोतल हटाएर एक्वा भन्दै पानीको बोतल देखाएका थिए ।

रोनाल्डोको यो भिडियो समाजिक सञ्जालमा भाइरल बनेपछि कोकाकोलाको सेयर मूल्यमा गिरावट आएको छ । 

रोनाल्डोले आफ्नो फिटनेसका लागि कोकको सट्टा पानी खान सल्लाह दिएकाले सेयर मूल्यमा गिरावट आएको बताइएको छ । 

यसअघि कोकाकोलाको एक सेयर ५६.१० डलरमा किनबेच हुने गरेकोमा उक्त घटनापछि १.६ अंकमा गिरावट आउँदै ५५.२२ मा कारोबार भएको थियो ।

कोकाकोलाको नेट वर्थ २४२ बिलियन डलरबाट झरेर २३८ बिलियन डलरमा पुगेको छ ।



युरो कपको मुख्य प्रायोजक समेत रहेको कोकाकोलाले रोनाल्डोको यो घटनापछि विज्ञप्ति नै जारी गर्दै हरेक मान्छेले आफ्नो स्वाद र आवश्यकता अनुसार पेय पदार्थ रोज्ने बताएको थियो ।

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा मंलबार राति भएको खेलमा हंगेरीमाथि ३-० को सहज जित निकाल्दै पोर्चुगलले युरो कपमा सानदार सुरुवात गरेको छ । पोर्चुगलको जितमा रोनाल्डोले २ र राफेल गुरेरो १ गोल गरेका थिए । 




 

  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १३:१०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया