जनकपुरमा अक्सिजन उत्पादन सुरु : मुख्यमन्त्रीले गरे प्लान्टको उद्घाटन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । 

एसआरजे ग्रुपले जनकपुरधाम उपमहानगर-२३ मा स्थापना गरेको ग्यास प्लान्टको मुख्यमन्त्री राउतले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोरोना महामारीसँग जुध्न महत्त्वपूर्ण रहेको अक्सिजन उत्पादन सुरु गरेकोमा उद्योगका सञ्चालकलाई धन्यवाद दिँदै जनकपुर क्षेत्रमा अब अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गरे ।

७ करोडको लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने बताइएको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेश सभा सदस्य करिमा बेगम, पूर्व कृषिमन्त्री हरिनारायण यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साह सहितको उपस्थिति थियो ।





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १६:५२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया