कांग्रेसको पालामा चलेका डोजरको फोटो देखाएर चुरे मासियो भन्दैछन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चुरे भावर क्षेत्र जोगाउनकै लागि सरकाले नयाँ नीति ल्याएको बताएका छन्। विपद् व्यवस्थापन परिषद्को बैठकलाई बुधबार बालुवाटार सम्बोधन गर्दै प्रधानमन्त्रीले यसो भनेका हुन्।

'बाढी पहिरो जान थाल्यो भने अब चुरे दोहन भयो भनेर फेरि हल्ला गर्न थाल्छन्', उनले भने, 'अहिले हामीले चुरे दोहन नहोस् भनेर खानी पहिचान गरेर बालुवा, गिटी, ढुंगा निकाल्ने भनेका छौँ। वातावरणीय सर्भे गरेर मात्रै खानीबाट गिट्टी बालुवा निकालिन्छ। चुरे जोगाउन यो निर्णय लिइएको हो।'

उनले अहिले भइरहेको मनपरी उत्खननलाई रोकेर सरकारले व्यापार पनि बढाउन खोजेको बताए। उनले सरकार चुरे संरक्षणमा प्रतिवद्ध रहेको पनि बताए। उनले कांग्रेसका पालामा चलेका डोजरका फोटो देखाएर सरकारको बदनाम गर्न खोजिएको आरोप लगाए। 

'हामीले चुरे जोगाएका छौँ, त्यही अभियानमा छौँ। तर कांग्रेसका पालामा चलेका डोजरको फोटो देखाएर चुरे दोहनको आरोप लगाइएको छ', उनले भने, 'हामी चुरेको विनाश होइन, संरक्षणमा लागेका छौँ।'

भिडियो




 



  • प्रकाशित मिति : असार २, २०७८ बुधबार २१:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया