कैलालीमा १० वर्षीया छोरीको बलात्कारपछि हत्या, बाबु पक्राउ

कैलालीमा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै बुबा ५१ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका-२ की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

‘यही जेठ २७ गते दिउँसो घरमै मृत फेला परेकी ती बालिकाको दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट शव बरामद गरेको थियो,’ विष्टले भने, ‘सेती प्रादेशिक अस्पतालमा शव पोस्टमार्टमका लागि पठाएको र घटना शंकास्पद देखिएकाले विभिन्न व्यक्तिहरूसँग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उनकै बुवाले बलात्कारपछि हत्या गरेको खुलेको छ ।’ ५१ वर्षीय ती पुरुषले अपराध स्वीकार गरिसकेका छन् ।

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार मृतक बालिकाका ५१ वर्षीय बुवाले २७ गते दिउँसो आफ्नै भैँसी गोठमा लगेर जबरजस्ती करणी गरेको र घटना बाहिरिने डरले भैंसी गोठमा नै झुन्ड्याएर हत्या गरेको खुलेको छ । मृतकका बुवालाई पक्राउ गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार २१:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया