बाढीले तहस-नहस मेलम्ची बजार पुग्दा जे देखियो

मंगलबार राति मेलम्ची खोलामा आएको बाढीले धेरै सिन्धुपाल्चोक बासीका सपना उजाडिए । मेलम्ची खोलाको आसपास बसोबास गर्नेहरुको जीवनमा यो बाढीले नसोचेको विपद् ल्याइदियो। 

बाढीबाट तहस–नसह बनेको सिन्धुपाल्चोकको मेलम्ची बजारमा बुधबार मध्यान्ह पुग्दा आकाशमा कालो बादल मडारिरहेको थियो ।

मेलम्ची खोलामा कालो लेदोसहितको बाढी उर्लिरहेको थियो। सुसाइरहेको खोलाको एकोहोरो आवाजले अरु ध्वनीलाई माथ गरिरहेको थियो । बजारका सडक बालुवा र र लेदोले भरिएको थियो ।



उद्धारका लागि आकाशमा सेनाको हेलिकप्टर उडिरहेको थियो । स्थानीयहरु खोलातिर हरेर टोलाइरहेका थिए। बाढीबाट बचेका सामान पोको पारेर ओसार्दै थिए । कोही सामान बाहिर निकाल्दै थिए । सडकमा मान्छेहरु यताउता भौतारिइरहेका थिए । 



उर्लिरहेको मेलम्ची, बाढीले गरेको वितण्डाको फोटो, भिडियो खिच्नेहरु पनि उत्तिकै थिए । कोरानाको कुनै पर्वाह नगरी मान्छेहरु हिँडिरहेका थिए ।

बाढीले मेलम्ची बाजार भन्दा माथिका क्षेत्र चनौटे, तिम्बु, किउल लगायतका ठाउँमा पनि ठूलो क्षति पुर्याएको छ। 

  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ८:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया