भारतमा 'भ्याक्सिन पासपोर्ट' प्रयोगमा ल्याउनेबारे छलफल
सांकेतिक फोटो

कोभिड–१९ संक्रमणबाट अति प्रभावित भारतमा पनि भ्याक्सिन पासपोर्ट बारे चर्चा सुरु भएको छ । 

कोभिड–१९ दुवै डोज खोप लगाएकालाई विदेश यात्राका लागि सजिलो बनाउन ‘भ्याक्सिन पासपोर्ट’ दिने बारे भारतमा छलफल चलेको छ । कतिपयले भने त्यसरी विभेद गर्न उचित नहुने राय दिएका छन् ।  

भ्याक्सिन पासपोर्टको अवधारणा ल्याउनुभन्दा सबै नागरिकलाई खोप उपलब्ध गराउनमा जोड लिनुपर्ने कुरा उठेको छ । 

भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले विभिन्न देशमा ‘भ्याक्सिन पासपोर्ट’ प्रयोगमा आएको भन्ने जानकारीमा आएकाले त्यसबारे छलफल चलेको बताए । 

जापानलगायतका कतिपय देशले भ्याक्सिन पासपोर्ट प्रयोगमा ल्याउने निर्णय गरिसकेका छन्  ।  





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार २२:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया