जनप्रतिनिधिले पार्टी छाडेको सूचना अद्यावधिक गर्न आयोगलाई माओवादीको ध्यानाकर्षण

नेकपा माओवादी केन्द्रले दल त्यागेका जनप्रतिनिधिको विवरण अद्यावधिक गर्नका लागि निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले दल त्याग गरेको सूचना प्रकाशित गर्न केन्द्रले आयोगलाई ध्यानाकर्षण गराएको हो । 

अदालतको निर्णयपछि नेकपाबाट एमाले र माओवादी छुट्टिँदा माओवादी त्यागेर एमालेतर्फ लागेका जनप्रतिनिधिहरुको पद रिक्त भएको सूचना निकाल्नका लागि माओवादी केन्द्र आयोगको ध्यानाकर्षण गराएको हो । 

पार्टीको तर्फबाट कारबाही गरिएको विवरण बोकेर माओवादी केन्द्रका नेताहरु लीलामणि शर्मा, मुक्ति प्रधान, लीलामणि पोखरेल लगायतले विवरण अद्यावधिक गर्नका लागि आयोगको ध्यानाकर्षण गराएका हुन् । 

दल त्याग गरेका जनप्रतिनिधिहरुको विवरण पार्टी यसअघि नै आयोगलाई उपलब्ध गराएको भन्दै नेताहरुले आयोगले अभिलेखीकरण गर्नुपर्नेमा हालसम्म पनि चासो नदेखाएको भन्दै ध्यानाकर्षण गराएका हुन् । 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १७:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया