सिन्धुपाल्चोकको बाढीका नाममा चन्दा वा सहयोग उठाए कारबाही हुने

सिन्धुपाल्चोकको मेलम्ची तथा इन्द्रावती नदीको बाढीबाट पीडित भएकाको नाममा चन्दा तथा सहयोग संकलन गर्न नपाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार एक सूचना जारी गरी बाढीको नाममा चन्दा वा सहयोग संकलन नगर्न आग्रह गरेको हो ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम  अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ । साथै यसै बाढीको बहानामा 
बजार मूल्य बढाउने, कृत्रिम अभाव सिर्जना गर्ने गुणस्तरहीन वस्तु विक्री गर्ने गरेको पाइएका पनि कानुनअजुसार कारकाही गरिने सूचनामा भनिएको छ ।  यसो गरेका दुई वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना गराउने चेतावनी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको छ । 

यसो गरिएमा नजिकको प्रहरी चौकी वा ९८४१३९२८८३ मा जानकारी  आग्रहसमेत गरिएको छ । 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार २१:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया