यी २२ अस्पतालले पाए पिसिआर रिपोर्टको लागि मान्यता

विभिन्न २२ वटा निजी अस्पतालले कोरोना संक्रमण पहिचानका लागि गरिने पिसिआर रिपोर्टको मान्यता पाएका छन् । विदेश जानका लागि ती अस्पतालमा गरिएको पिसिआर परीक्षणको रिपोर्टलाई सरकारले मान्यता दिने भएको हो । 

सरकारले विदेश भ्रमणका लागि आवश्यक पिसिआर रिपोर्टका लागि विभिन्न २२ निजी अस्पताललाई मान्यता दिएको हो । ती अस्पतालमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट देखाएर अब विदेश जान पाइने भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ वटा निजी अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने निर्णय गरेको हो । 

जसअनुसार अनुमति पाउनेमा ग्राण्डी, कान्तिपुर, स्टार, ह्याम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, बिएन्डबी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् ।

नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौं युनिभर्सिटी मेडिकल कलेज धुलिखेल, नोबेल मेडिकल कलेज विराटनगर, न्यूरो कार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन अस्पताल ललितपुरले पनि मान्यता पाएका छन् । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १७:१९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया