विश्व योग दिवस : कमल थापाका तीन 'पोज'

आज विश्व योग दिवस । शारीरिक र मानसिक स्वस्थताका लागि अति उपयोगी मानिएको योगले अहिले व्यापकता पाइसकेको छ । 

पछिल्लो समय नेपालमा पनि योग गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । राजनीतिज्ञदेखि कलाकारसम्म, खेलाडीदेखि सामान्य नागरिकसम्मले योगको नियमित अभ्यास गर्न थालेका छन् । 

खेल र योगमा नियमित सक्रिय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि नियमित योगाभ्यास गर्दछन् ।

टेनिस खेलाडी थापाले विश्व योग दिवसको अवसरमा केही तस्बिर राख्दै शुभकामना दिएका छन् । 



योग विश्व समुदायका लागि वैदिक सनातन दर्शन, संस्कृति र परम्पराको अपूर्व देन भएको थापाले बताएका छन् । थापाको आह्वान छ, 'योग गरौँ, शारीरिक र मानसिक रूपमा स्वस्थ रहौँ !!'



  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १२:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया