खाली हुँदै भेरी अस्पतालका कोभिड बेड, अझै ढुक्क हुने अवस्था छैन
भेरी अस्पतालमा संक्रमितको उपचार गर्दै स्वास्थ्यकर्मी । फाइल तस्बिर

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु हुँदा सबैभन्दा पहिले आक्रान्त बनेको जिल्ला बाँके हो। संक्रमित बिरामीको संख्या एक्कासी बढ्दा नेपालगन्जस्थित भेरी अस्पतालको अवस्था निकै भयावह बनेको थियो। नेपालमा सबैभन्दा बढी कोभिड बिरामी राख्ने अस्पताल भेरी अस्पताल नै थियो। 

अहिले बाँकेको अवस्था साम्य हुँदै गएको छ। भेरी अस्पताल अहिले खाली हुँदै गएको छ। पछिल्ला दिन अस्पतालमा कोभिड बिरामीका संख्या घटेको भेरी अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट डाक्टर राजन पाण्डेले जानकारी दिए। 

अस्पतालमा कोभिड बिरामी उपचारका लागि २०० बेडको कोभिड हल बनाइएको थियो। अहिले त्यहाँ करिब ६० जना मात्रै कोभिडका बिरामी रहेको  प्रमुख कन्सल्टेन्ट पाण्डेले बताए।

भेरी अस्पतालमा कोरोना भाइरसको दोस्रो लहरको चाप अत्याधिक रहेको बेला २२० जना भन्दा बढी बिरामी राखेर उपचार गरिएको थियो। हाल भेरीमा १४० वटा जनरल बेड खाली भएका छन्। 

भेरी अञ्चल अस्पतालमा २० जना कोभिडका बिरामी भने सिकिस्त अवस्थामा रहेको पाण्डेले जानकारी दिए। अन्य बिरामीको अवस्था भने सामान्य नै रहेको उनले बताए।

‘पहिले भन्दा धेरै घटेको छ। अहिले स्वास्थ्यकर्मीलाई पनि निकै आराम भएको भएको छ, डा. पाण्डेले भने। 



संक्रमण घट्यो भन्दैमा लापरवाही गर्न भने नगर्न उनले सुझाए। पुन अर्को लहर नेपालमा आएमा अझै खतरा हुने पाण्डेको आँकलन छ। 

तेस्रो लहरको क्षतिबाट बच्नका लागि नेपाल सरकारले जति सक्दो छिटो  सबै जनतालाई खोपको प्रबन्ध गर्नुपर्ने पाण्डेको भनाइ छ। ‘दोस्रो लहर अन्डर कन्ट्रोल मात्रै भएको हो। जनस्वास्थ्यको मापदण्ड भने अनिवार्य रुपमा पालना गरौं’ उनले भने।



भेरी अञ्चल अस्पताल बाहेक बाँकेका अन्य अस्पतालमा पनि कोभिडका बिरामीका संख्या घटेका छन्। संक्रमणको पिक अवस्थामा रहेको भन्दा अहिले संक्रमित बिरामीको संख्या ८० प्रतिशत घटेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट डाक्टर पाण्डेले जानकारी दिए।

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १३:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया