logo-img

सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान : रोनाल्डोले अली दाइलाई भेट्याए

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पुरुष फुटबलमा सर्बाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।युरो कप अन्तर्गत बुधबार राति भएको खेलमा फ्रान्सविरुद्ध २ गोल गरेसँगै उनले इरानका अली दाइसँग १०९ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि १७८ खेलमा यो कीर्तिमान बनाएको हुन् । दाइले सन् १९९३ देखि २००६ सम्म इरानका लागि १४९ खेलमा १०९ गोल गर्र्दै कीर्तिमान बनाएका थिए ।

सन् २००३ मा काजकिस्तान विरुद्धको खेलबाट पोर्चुगलका लागि अन्तर्राष्ट्रिय डेब्यू गरेका रोनाल्डोले सन् २००४ मा युरो कपको समूह चरणमा ग्रिसविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । 

रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा गराएका छन् ।फ्रान्सविरुद्ध २ गोल गरेसँगै उनले यी दुई ठूला प्रतियोगितामा आफ्नो गोल संख्या २१ पुर्याए ।

रोनाल्डोले युरो कपमा १४ र विश्व कपमा ७ गोल गरेका छन् । उनले जर्मनीका मिरोस्लाभ कोजले बनाएको १९ गोलको कीर्तिमान भंग गरेका हुन्। 

रोनाल्डो युरो कप समूह चरणका तिनै खेलमा गोल गर्ने पहिलो पोर्चुगिज खेलाडी बनेका छन् । उनले यसअघिका दुई खेलमा हंगेरीविरुद्ध २ र जर्मनी विरुद्ध १ गोल गरेका थिए । 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ६:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया