संसदीय सुनुवाइ नगरी संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा संवैधानिक नियुक्तिहरु भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका पदहरुमा नियुक्ति गरेकी हुन् । 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला आयोग, लोकसेवा आयोग लगायतका संवैधानिक निकायका २० जना पदाधिकारी नियुक्ति गरेकी हुन् ।

सिफारिस अनुसार लोक सेवा आयोगमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । यसअघि संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ नगरी सिधै नियुक्त गरिएको हो ।





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १६:१८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया