भारतमा ४ दिनमै २ करोड ७० लाख मानिसले लगाए भ्याक्सिन

छिमेकी मुलुक भारतमा कोरोना महामारी विरुद्धको भ्याक्सिनेसन कार्यक्रम तीव्र गतिले अगाडि बढिरहेको छ । बिहीबार राति १२ बजेसम्म भारतभर ६० लाख ३६ हजार मानिसले भ्याक्सिन लगाए । 

बितेको ४ दिनमा भारतमा २ करोड ७० लाख मानिसले भ्याक्सिन लगाएका छन् । २१ जुनमा एकैदिन ८० लाखभन्दा धेरैलाई भ्याक्सिन लगाएर भारतले रेकर्ड बनाएको थियो । यसै गरी २२ जुनमा ५४ लाख २२ हजार र २३ जुनमा ६४ लाख ८३ हजार जनालाई भ्याक्सिन दिइएको थियो ।

बिहीबार सबैभन्दा धेरै भ्याक्सिन उत्तर प्रदेशमा लगाइएको थियो । उत्तर प्रदेशपछि महाराष्ट्र र गुजरातमा चार-चार लाख, र कर्नाटक, तमिलनाडु र पश्चिम बंगालमा तीन-तीन लाखलाई भ्याक्सिन दिइएको थियो । 

देशको राजधानी दिल्लीमा भने जम्मा १ लाख ५७ हजारलाई मात्र लगाइएको थियो ।
 





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार ७:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया