logo-img

युरो कप: समूह चरणमा चम्किएका खेलाडी

युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युराे कपकाे १६ औं संस्करणमा समूह चरणमा खेल सम्पन्न भएका छन् ।

सहभागी भएका २४ टिममध्ये १६ टोली अन्तिम १६ मा पुग्दा ८ टोली समूह चरणबाटै बाहिरिए । 

युरोपका ठुला मानिएका प्रायः सबै टोलीले अन्तिम १६ मा स्थान बनाएका छन् । समूह चरणमा केही खेलाडीले  उत्कृष्ट प्रदर्शन गरेका छन् ।

युरो कप समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ५ खेलाडी

क्रिस्टियानो रोनाल्डो (फरवार्ड, पोर्चुगल)



पोर्चुगिज कप्तान रोनाल्डोबाट टिमले धेरै आशा गरेको थियो । र उनले त्यो अपेक्षालाई पुरा पनि गरेका छन् ।

उनले समूह चरणका ३ खेलमा २७० मिनेट मैदानमा बिताउँदा ५ गोल गर्नुका साथै १ गोलका लागि अवसर पनि सिर्जना गरे । उनले हंगेरी र फ्रान्स विरुद्ध समान २-२ र जर्मनी विरुद्ध १ गोल गरे ।



रोनाल्डोले पोर्चुगलाई ग्रुप अफ डेथ नक आउट चरणमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्याट्रिक सिक (फरवार्ड, चेक गणतन्त्र)

सिकले आफ्नो टोलीलाई अन्तिम १६ मा पुर्‍याउन उत्कृष्ट प्रर्दशन गरे । उनले २३६ मिनेट मैदानमा बिताउँदा ३ गोल गरे ।

उनले स्कटल्यान्डविरुद्ध २ र क्रोएसियाविरुद्ध १ गोल गरेका थिए ।
  
इमिल फोर्सवर्ग (एट्याकिङ मिडफिल्डर, स्विडेन)

स्विडेनले समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाउदा फोर्सवर्गले प्रभावशाली प्रदर्शन गरेका थिए ।

२५१ मिनेट मैदानमा बिताएका उनले ३ गोल गरे । उनले स्लोभाकियाविरुद्ध १ र पोल्यान्डविरुद्ध २ गोल गरेका थिए ।
  
जर्जिनियो विज्नाल्डम (मिडफिल्डर, नेदरल्यान्ड)

नेदरल्यान्डले शतप्रतिशत जितका साथ समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउँदा कप्तान विज्नाल्डमले उत्कृष्ट प्रदर्शन गरे ।
 
उनमा नेतृत्व क्षमतामात्र थिएन । आक्रामक र रक्षात्मक दुबै शैलीमा उत्कृष्ट प्रदर्शन गरिरहेका उनले २७० मिनेट मैदानमा बिताउँदा ३ गोल गरे । 
उनले युक्रेन विरुद्ध १ र उत्तरी म्यासेडोनियाविरुद्ध २ गोल गरेका थिए । 

रोमेलु लुकाकु (फरवार्ड, बेल्जियम)

बेल्जियम पनि समूह चरणमा शतप्रतिशत जित निकाल्न सफल भयो । बेल्जियमको प्रदर्शनमा नायक बनेका थिए लुकाकु । उनी आफ्नो गतिका साथ विपक्षीलाई बिट गर्न माहिर छन् । उनको गतिलाई रोक्न कुनै पनि टिमलाई त्यति सहज हुँदैन । 

लुकाकु बेल्जियम आक्रमणको प्रमुख हतियार हुन । उनले गोल मात्र गर्दैनन्, गोलका लागि अवसर सिर्जना पनि गरिरहेका हुन्छन् । लुकाकुले २६४ मिनेट मैदानमा बिताउँदा ३ गोल गरेका छन् । उनले रुस विरुद्ध २ र फिनल्यान्ड विरुद्ध १ गोल गरे । 

यी बाहेक जर्मनीका काइ हाभर्टेज, नेदरल्यान्डका मेम्फिस डिपाए, इटालीका म्युएल लोकाटोली, क्रोएसियाका लुका मोड्रिचजस्ता खेलाडीले पनि राम्रो छाप छाड्न सफल भएका छन् । 


 

  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १४:२१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया