आफूसँगै एमालेमा आएकाहरुको सूची बनाउँदै पूर्व माओवादी समूह

नेकपा भंग भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेसँगै माओवादी त्यागेर एमाले रोजेकाहरू एकतावद्ध हुन थालेका छन् । उनीहरुले आफूपक्षीय नेता कार्यकर्ताको सूची नै बनाउन थालेका छन् । 

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकीकरण रद्द गरिदिएपछि एमालेमा पुगेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीलगायतका नेताहरु अहिले आफूसँगै माओवादी छाडेर एमालेमा आएकाहरुको सूची बनाउन थालेका छन् । 

पछिल्ला केही दिनदेखि बादल, थापा, भट्ट, रायमाझीलगायतका नेताहरु निरन्तर बैठक बसिरहेका छन् । आफूहरुले तयार पारेको नेता कार्यकर्ताको सूचीलाई अन्तिम रुप दिनका लागि उनीहरु बैठकमा रहेका हुन् । 

काठमाडौंमा निरन्तर छलफल भइरहेको भन्दै बादल समूहका एक नेताले अहिले आफूहरु आफ्नो पक्षमा रहेका नेता कार्यकर्ताको सूची बनाउनका लागि तयारी गरिरहेको बताए । एमालेमा समायोजन हुनका लागि सूची तयार पारिरहेको उनको भनाइ छ । 

अब एमालेको विभिन्न कमिटीसँगै विभागहरूमा आफू पक्षीय नेता तथा कार्यकर्तालाई समायोजन गराउनका लागि पूर्व माओवादी समूह आन्तरिक गृहकार्यमा लागेको हो । कुन नेता कार्यकर्तालाई कहाँ सिफारिस गर्ने भन्ने विषयमा उनीहरु तयारीमा जुटेका हुन् । 

अन्तिम सूची तयार भएपछि एमले अध्यक्ष केपी शर्मा ओलीसँग समायोजनका लागि औपचारिक प्रस्ताव राख्ने उनीहरुको तयारी छ । ती नेताका अनुसार आफ्नो समूहका सूचीसहित कुन कमिटी अथवा विभागमा कुन पदमा राख्ने भन्ने प्रस्ताव ओलीलाई गर्ने पूर्व माओवादी समूहको तयारी छ । 





  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १८:१६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया