गण्डकीमा २ मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेश सरकारमा मन्त्री रहेका दुई जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका दुई जनाले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

गण्डकीका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले कांग्रेसबाट मन्त्री बनेका कुमार खड्का र माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मन्त्री खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउँदा मन्त्री अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् । 

दुई मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएपनि जेठ २९ गते मुख्यमन्त्री पोखरेलसँगै बिनाविभागीय मन्त्रीको सपथ खाएका जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)ले भने अझै मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १४:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया