'प्रचण्डका कार्यकर्ता सभामुख हुनासाथ उनको भनाइ कानुनभन्दा माथि हुने ?'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कानुनभन्दा माथि सोच्न थालेको आरोप लगाएका छन् । मदन जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अ‍ोलीले यस्तो आरोप लगाएका हुन् । 

प्रचण्डले माओवादी केन्द्रका तर्फबाट सभामुख बनेका अग्निप्रसाद सापकोटालाई प्रयोग गरेर संसद भवनलाई संसदीय क्रियाकलाप बाहेक विपक्षी गठबन्धनको सम्मेलन र सभास्थल बनाएको आरोप लगाएका छन् । 

संसदका लागि सरकारले भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रचण्डको इसारामा तथाकथित विपक्षी गठबन्धनको भेला तथा सम्मेलनहरु आयोजना भइरहेको भन्दै त्यो कसरी कानुनसम्मत हुन्छ भन्दै प्रश्न गरे । 

प्रधानमन्त्री ओलीले प्रचण्डका कार्यकर्ता सभामुख हुनासाथ उनले बोलेको सबैकुरा कानुनभन्दा माथि हुने हो भन्दै प्रश्न गरे । संसद सञ्चालनका लागि सरकारले भाडामा लिएको भवन अहिले प्रचण्डको इसारामा कानुनविपरीत सञ्चालन भइरहेको अ‍ोलीले बताए । 





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १३:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया