logo-img

युरो कप : फ्रान्सलाई ट्राइबेकरमा पराजित गर्दै ६७ वर्षपछि स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

युरो कप अन्तर्गत सोमबार राति भएको खेलमा जित हात पार्दै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

उसले रोमानियाको बुकारेस्टमा फ्रान्सलाई टाइब्रेकरमा ५-४ ले पराजित गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा स्विट्जरल्यान्डका लागि मारियो गाभ्रानोभिच, अकान्जी म्यानुएल, फाबियन, एडमिर मेहमेदी र रुबेन भेर्गासले गोल गरे ।

फ्रान्सका पउल पोग्बा, ओलिभर जिरुड, प्रेसनल किम्पेम्बे र मार्कुस थुरामले गोल गर्दा युवा स्टार केलियन एमबाप्पे भने चुके । उनको प्रहारलाई स्विस गोलरक्षक यान सोमेरले उत्कृष्ट बचाउ गरे ।

खेलको १५ औँ मिनेटमा हरिस सेफेरोभिचले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।

५५ औँ मिनेटमा रिकार्डो रोड्रिगेजले पेनाल्टी अवसरलाई खेर फाल्दै टोलीको अग्रता दोब्बर बनाउने सुवर्ण अवसर गुमाए । उनको प्रहारलाई फ्रेन्च गोलरक्षक ह्युगो लोरिसले बचाए । 



५७ औँ मिनेटमा करिम बेन्जिमाले फ्रान्सका लागि बराबरी गोल फर्काए । ५९ औँ मिनेटमा बेन्जिमाले नै फ्रान्सलाई २-१ को अग्रता दिलाए । ७५ औँ मिनेटमा पउल पोग्बाले टोलीका लागि तेस्रो गोल गरे ।

८१ औँ मिनेटमा सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जल्यान्डलाई ३-२ को अवस्थामा ल्याए । ९० औँ मिनेटमा मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३-३ को बराबरीमा सकियो ।



स्विट्जरल्यान्ड ६७ वर्षपछि कुनै पनि प्रमुख प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको हो । ऊ पछिल्लोपटक सन् १९५४ फिफा विश्वकपको क्वाटरफाइनल पुगेको थियो ।

स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ । 


  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार ६:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया