खुलामञ्चको बसपार्क हटाइने, सवारीसाधन ‘पिक एण्ड ड्रप’ प्रणालीमा चलाइने

काठमाडौ महानगरपालिकाकाले खुलामञ्चस्थित बसपार्क हटाएर सबै सवारीसाधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन गर्ने भएको छ ।

महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारीसाधन सहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिएर बस्न पाउने छैनन् । साथै उनीहरुले खुलामञ्चमा सवारी पार्किङसमेत गर्न पाउने छैनन् । 

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौ टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुलामञ्चमा सारिएको थियो । अहिले खुलामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरको निर्णयको विरोध गर्दे आएका छन् । 

महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिबीच मंगलबार भएको छलफलमा आरएनएसी आसपास, न्युरोड गेटअगाडि र वीर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधिक गरेर व्यवस्था मिलाउने सहमति भएको महानगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए । 





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १९:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया