कुशल र ज्ञानेन्द्रको आइसिसी टि-२० वरीयतामा सुधार
फरकधार / १६ असार, २०७८
नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निकालेको नयाँ वरीयतामा नेपालका ४ खेलाडी अटाएका छन् ।



ब्याटिङतर्फ कुशल भुर्तेल, पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल तथा बलिङतर्फ सन्दीप लामिछाने वरीयतामा अटाएका हुन् ।

युवा ब्याट्सम्यान कुशल भुर्तेल ४४२ रेटिङ प्वाइन्टका साथ १ स्थान सुधार गर्दै ६० औँ स्थानमा उक्लिएका छन् । 



पूर्व कप्तान पारस खड्का ३६२ रेटिङ प्वाइन्टका साथ ८८ औँ स्थानमा कायम छन् । कप्तान ज्ञानेन्द्र मल्ल ९२ औँ स्थानमा उक्लिएका छन् । २ स्थान सुधार गरेका उनले ३५७ रेटिङ प्वाइन्ट पाए ।



इङ्ल्यान्डका डेविड मलान ८८८ रेटिङ प्वाइन्टका साथ ब्याटिङतर्फको वरीयतामा शीर्ष स्थानमा छन् । 

बलिङतर्फ युवा स्पिनर सन्दीप लामिछाने ४०५ रेटिङ प्वाइन्टका साथ ७६ औँ स्थानमा यथावत छन् । 

दक्षिण अफ्रिकाका तावरेज सम्सी ७५० रेटिङ प्वाइन्टका साथ बलिङतर्फका वरीयतामा शीर्ष स्थानमा छन् । 

नेपाल ३,५५६ अंकका साथ टि-२० वरीयताको १३ औँ स्थानमा छ । इङ्ल्यान्ड ६,९५० अंकका साथ शीर्ष स्थानमा छ ।
 

  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार १६:५४:४२,   अन्तिम अपडेट : असार १६, २०७८ बुधबार १६:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया