आजको मौसम कस्तो छ ?

अहिले देशैभरि मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । देशको तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइ एक दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

मौसम विभागका अनुसार हाल चितवन, तनहुँ, लमजुङ, मकवानपुर, सिन्धुली, बारा र काठमाडौं जिल्लामा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा दिउँसोसम्म निरन्तर वर्षा हुने विभागले जनाएको छ ।

आज (बिहीबार) दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार ७:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया