logo-img

भूमिहीनलाई खाद्यान्न सहयोग

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । झुप्रा खोलाको किनारमा विसं २०४५ सालदेखि बस्दै आएका बादी समुदायका ११६ सहित १४५ घरधुरीलाई विलिभर्स इस्टर्न चर्च कोहलपुर डायोसिस नेपालले खाद्यान्न सहयोग गरेको हो । राहत स्वरूप बिहीबार चामल वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष नन्दलाल शर्माले बादी बस्तीमा भएको शिक्षा, स्वास्थ्य, खानेपानीको समस्या समाधानका लागि आग्रह गरे । करिब १२ किमि टाढाको विद्यालयमा जान बादी बालबालिकालाई समस्या भएकोले आगामी आवको बजेटबाट उनीहरूका लागि स्कुल बस किन्ने तयारी भएको उनले बताए । 

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरले बादी समुदायमा रोगभन्दा भोकको समस्या अत्यधिक भएको अवस्थालाई बुझेर प्रति घरधुरी एक/एक बोरा चामल सहयोग गरिएको डायोसिस सेक्रेटरी ईश्वर लामाले जानकारी दिए ।







  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार २१:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया