थप १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको निधन

देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा गरिएको ८ हजार १३२ नमुनाको परीक्षणबाट १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

जसमध्ये ४ हजार ८७६ नमुनाको पिसिआर परीक्षण र २ हजार २५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १६:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया