आजबाट उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

काठमाडौं उपत्यकामा आज (मंगलबार)बाट सवारी साधनमा जोरबिजोर प्रणाली हटाइएको छ । यसभन्दा अगाडि जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गरिएको थियो ।

जनस्वास्थ्य मापदण्ड पूर्ण रूपमा लागू गरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछ । सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाइने छैन । 

गत आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मंगलबारबाट जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो । 

अबदेखि जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिइ उपत्यका छिर्न पनि पाइनेछ । 

उपत्यकाकाे निषेधाज्ञा थप एक साता लम्बाइ असार ३१ सम्म पुर्‍याइएकाे छ । 
 





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ८:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया