logo-img

रोनाल्डोले जिते इएसपिवाई अवार्ड

पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले इएसपिवाई अवार्ड अन्तर्गत सन् २०२१ को उत्कृष्ट पुरुष खेलाडी बन्दै ‘बेस्ट इन्टरनेसनल एथ्लेट अवार्ड’ हात पारेका छन् । 

रोनाल्डोले केलियन एम्बाप्पे, लियोनल मेस्सी र मोहम्मद सलाहलाई पछि पार्दै इएसपिवाई अवार्ड जितेका हुन् ।

महिलातर्फको यो अवार्ड अमेरिका तथा म्यानचेस्टर सिटीकी मिडफिल्डर साम मेविसले हात पारिन् । 

अमेरिकाको टेलिभिजन नेटवर्क एबिसी र इएसपिएनले हरेक वर्ष विभिन्न विधामा यो अवार्ड प्रदान गर्दै आएका छन् । 

फर्मुला वान ड्राइभर लेविस ह्यामिल्टनले बेस्ट ड्राइभरको अवार्ड हात पर्दा टेनिसको पुरुष तर्फ नोभाक जोकोभिच र महिलातर्फ नाओमी ओसाका उत्कृष्ट चुनिए । 
 
टाइसन फुरेले बेस्ट बक्सरको अवार्ड हात पार्दा म्यानचेस्टर युनाइटेडका इङ्ग्लिस  स्ट्राइकर मार्कस रासफोर्डले प्याट टेलिमन सामाजिक सेवा अवार्ड जिते ।





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १३:५२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया