कुनै पनि विदेशी लिगलाई सञ्चालन अनुमती दिइएको छैन : क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले कुनै पनि विदेशी लिगलाई नेपालमा सञ्चालन अनुमती नदिइएको बताएको छ ।  

क्यानले शुक्रबार एक विज्ञप्ति निकाल्दै विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा भारतको मराठा लिग नेपालमा हुने समाचार आइरहेको विषयको खण्डन गर्दै क्यानले त्यसमा कुनै सत्यता नभएको पुष्टि गरेको हो । 

‘विगत केही दिन यता विभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा विदेशी लिग नेपालमा गरिँदै भन्ने खालका समाचार आइरहेको हुनाले त्यसप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ’, क्यानको विज्ञप्तिमा भनिएको छ ।

क्यानले विज्ञप्तिमा थपेको छ, ‘संघले तत्काललाई कुनै पनि विदेशी लिग आयोजनाका लागि अनुमती दिएको छैन र संघको अनुमतिबिना त्यस्ता लिग सञ्चालन गर्न नमिल्ने जनकारी गराउन चाहन्छौँ ।’

संघले स्वीकृति प्राप्त नगरेका कुनै पनि प्रतियोगितामा सहभागिता नजनाउन प्रदेश तथा जिल्ला क्रिकेट संघ, खेलाडी, अफिसियल, प्राविधिक अफिसियल र क्रिकेटसँग  सम्बन्धित व्यक्ति वा संस्थालाई आग्रह पनि गरेको छ । 





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १६:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया