आयरल्यान्ड र दक्षिण अफ्रिकाबीचको एक दिवसीय सिरिज बराबरीमा

घरेलु टोली आयरल्यान्डविरुद्ध ३ खेलको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । उसले शुक्रबार भएको खेलमा ७० रनको सहज जित हात पारेको हो ।

दक्षिण अफ्रिकाको यो जितसँगै सिरिज १-१ बराबरीमा सकिएको छ । 

दक्षिण अफ्रिकाले दिएको ३४७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले ४७.१ ओरभमा सबै विकेट गुमाउँदै २७६ रन मात्र बनाउन सक्यो । उसका लागि सिमी सिंहले शतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । १०० रनमा अविजित रहेका उनले ९१ बलमा १४ चौका प्रहार गरे । 

कुर्टिस क्याम्फरले ५४ बलमा ५ चौका र १ छक्काको मद्दतले ५४ रन जोड्दा ह्यारी टेक्टरले २९ रनको योगदान दिए । 

दक्षिण अफ्रिकाका एन्डिले फेलुक्वायो र तावरेज शाम्सीले समान ३-३ विकेट लिँदा केशब महाराजले २, लिजाद विलियम्स र एनरिच नोत्जेले समान १-१ विकेट हात पारे । 

यसअघि डुब्लिनमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले जान्नेमन मलान र क्विनटन डि ककले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३४६ रनको विशाल योगफल तयार पारेको थियो ।



१६९ बलको समाना गरेका मलानले १६ चौका र ६ छक्काको मद्दतमा अविजित १७७ रनको उत्कृष्ट पारी खेले ।

डि ककले ९१ बलमा ११ चौका र ५ छक्काको मद्दतमा १२३ रनक जोडे रस्सी भान डेर डुसेलले ३० रनको योगदान दिए । 



आयरल्यान्डका जोसुवा लिटलले २ विकेट हात पार्दा सिमी सिंह र क्रेग योङ्गले समान १-१ विकेट लिए । 
 
पहिलो खेल वर्षाले रद्द भएको सिरिजको दोस्रो खेलमा आयरल्यान्ड ४३ रनले विजयी भएको थियो । 

 
 

  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार ७:२०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया