नेपालले चीनसँग किनेको आठ लाख डोज खाेप नेपाल आइपुग्यो

नेपालले चीनसँग किनेको आठ लाख डोज नेपाल आइपुगेको छ । नेपालले नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत चीनको राजधानी बेइजिङबाट उक्त खोप काठमाडौं ल्याइपुर्याएको हो । 

यसअघि नेपालले खरिद गरेर २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल ल्याएको थियो । बुधबार राति ११ बजे नेपालबाट उडेको जहाजले बिहीबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा दोस्रो खेप खोप ल्याइपुर्याएको हो । 

नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनबाट थप खोप लिन बिहीबारै बेइजिङ जान लागेको छ । राति ११ बजे बेइजिङ जाने र शुक्रबार दिउँसो काठमाडौं आइपुग्ने बताइएको छ । 

पुनः शनिबार जहाजलाई बेइजिङ पठाउने कार्यतालिका छ । सो जहाज आइतबार थप खोप लिई काठमाडौं आउनेछ । 

नेपालले चीनबाट कुल ४० लाख डोज खोप किनेको हो । यसअघि चीनले नेपाललाई सुरुमा आठ र दोस्रोपटक दश लाख खोप अनुदानमा दिइसकेको छ । 

नेपालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । 





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १८:४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया