लोकतान्त्रिक शक्तिहरुको सरकार आएपनि जनता भ्रष्टाचारकै शिकार भए : अष्टलक्ष्मी शाक्य
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताएकी छन् । 

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले यस्तो बताएकी हुन् । 

नेतृ शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताइन् । पटक–पटक दलका सरकार आएपनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेतृ शाक्यले यी कुराहरुमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताइन् । 

नेतृ शाक्यले सिर्जनशील युवाहरुलाई किन बाँदर बनाएर सडकमा ल्याएको भन्दै पार्टी संस्थापनलाई प्रश्न गरेकी छन् । उनले कम्युनिस्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताएकी छन् । 
 
नेतृ शाक्यले भनिन्, ‘लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै पनि भ्रष्टाचारको शिकार बन्ने प्रताडित हुने र अहिले पनि भ्रष्टाचारले देशलाई डुबाइसकेको छ, पटक पटक सरकार फेरिए, तर कहिल्यै भ्रष्टाचारको विषयमा छलफल भएन, त्यसलाई कसरी निर्मूल गर्ने भन्ने बारेमा छलफल भएन, त्यसैले यो विषय बनाउने कि नबनाउने, सुशासन कायम गर्ने कि नगर्ने ? जनतालाई सेवा दिने कि नदिने ? यी बारेमा पनि गम्भीर विषय बनाएर छलफल हुनुपर्छ । जनताको सुरक्षा र हकहितका विषयमा छलफल गर्नुपर्छ, सिर्जनशील युवाहरुलाई बाँदर बनाएर सडकमा किन ल्याउनुभएको हो ? यसले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको छ ।’





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १७:२५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया