टोकियो ओलम्पिक : बेलायतका लागि स्वर्ण जित्दै एडम पिटीले रचे इतिहास

बेलायती पौडीवाज एडम पिटीले जापानमा जारी टोकियो ओलम्पिकमा बेलायतका लागि पहिलो स्वर्ण पदक दिलाएका छन् । 

उनले सोमबार बिहान पुरुष १०० मिटर ब्याकस्ट्रोकमा ५७.३७ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । योसँगै उनी बेलायतका लागि लगातार दुई ओलम्पिक स्वर्ण दिलाउने पहिलो पौडीवाज पनि बनेका छन् ।

उनले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिकमा पनि यही स्पर्धामा स्वर्ण हात पारेका थिए ।

यही स्पर्धामा नेदरल्यान्डका अर्नो कामिन्गाले रजत र इटालीका निकोलो मार्टिनइन्गीले कास्य पदक हात पारेका छन् । 


 





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १३:२६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया