राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही साउन २५ गतेसम्म सार्वजनिक गर्ने बताएकाे छ ।
बोर्डका अनुसार नतिजा सार्वजनिक गर्नका लागि अहिले धमाधम काम भइरहेको छ । सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आइसकेको छ । कुनै समस्या नआएको खण्डमा भनेको मितिसम्ममा नतिजा सार्वजनिक गर्ने बाेर्डकाे भनाइ छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गतेबाट हुने भनिएको एसइई परीक्षा स्थगित गरिएको थियो ।
भौतिक रूपले परीक्षा सम्पन्न हुने अवस्था नआएपछि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।