जसपाले मन्त्री छान्न सकेन, तीन निर्णय गर्दै कार्यकारिणी बैठक सकियो

जनता समाजवादी पार्टीको बिहीबारको कार्यकारिणी समितिको बैठकले विभिन्न तीन निर्णय गरेको छ । 

सो पार्टीले नियमित तीन दिनसम्म बैठक राखे पनि सरकारमा पठाउने मन्त्रीहरुको नाम भने टुंगो लगाउन सकेन । बुधबारको बैठकले अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई शीर्ष तीन नेतालाई मन्त्रीको टुंगो लगाउने जिम्मा दिएको थियो । 
 
बिहीबारको बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सो अभियान सञ्चालनका लागि कार्यकारिणी सदस्यहरूको अभियान केन्द्रित अस्थायी कार्यविभाजन पनि गरिएको छ ।

जसपाले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय गरेको छ । 

त्यसैगरी, अनुशासनसम्बन्धी छानबिन गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहने छानबिन समिति पनि गठन गरेको छ । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १९:५५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया