logo-img

पार्टी एकतालाई प्रभावकारी बनाउने विषयमा छलफल भयोः गोकर्ण विष्ट

एमालेको विघटित पार्टी विवाद मिलाउन बनेको कार्यदलको अनौपचारिक बैठक सिंहदरबारमा भए पनि यसले ठोस निष्कर्ष निकाल्न सकेको छैन । 

पार्टीमा पछिल्लो समय एकताका लागि भएका प्रयासलाई थप प्रभावकारी बनाउन यो बैठकमा छलफलमा भएको एमाले सचिव गोकर्ण विष्टले बताएका छन् । 

आज सिंहदरबारमा बसेको कार्यदलको बैठकमा यसअघि यो कार्यदलले दिएका १० बुँदे सुझाव र पार्टीमा दुई अध्यक्ष बनाएर अगाडि लैजाने विषयलाई थप प्रभावकारी कसरी बनाउने भन्नेमा छलफल भएको विष्टले बताएका छन् ।

‘१० बुँदे सुझाव र दुई अध्यक्ष हुँदा पार्टी एकता हुन्छ भने,’ उनले भनेका छन्, ‘त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भयो ।’

आजै सिंहदरबारमा यो कार्यदलको बैठक बसे पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा एमालेमा माधवकुमार नेपालको कुनै स्थान नभएको बताएका छन् । यसअघि पार्टी कार्यालय पुगेर अध्यक्ष ओलीले वार्ता गर्ने र समाधान निकाल्ने भए शनिबारसम्म निकालिसक्न अल्टिमेटम दिएका थिए ।






  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १५:३४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया