वडा सचिव नपाएको आक्रोशमा कुश्मा नगरपालिकामा तालाबन्दी
प्रतिकात्मक तस्वीर

कुश्मा नगरपालिका-२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् । 

लामो समयसम्म वडा सचिव नपाएको आक्रोशमा उनीहरूले हिजो(आइतबार) तालाबन्दी गरेका हुन् । 

नगरपालिकामा मात्र नभई उनीहरूले वडा कार्यालयमा समेत ताला लगाएका छन् । 

सचिव नहुँदा दैनिक प्रशासनिक काममा बाधा उत्पन्न भएको वडाध्यक्ष यदुनाथ शर्मा बाँस्तोलाले बताए । 

गत कात्तिक १४ देखि वडा सचिवको रूपमा स्वास्थ्य चौकीका इन्चार्जलाई काजमा खटाएर अहिलेसम्म सचिव नपठाएकाले तालाबन्दी गर्न बाध्य भएको बाँस्तोलाको भनाइ छ ।

कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले वडा सचिव सञ्जु शर्मा कोरोना संक्रमित भएर कार्यालयमा उपस्थित हुन नसक्दा यो अवस्था आएको जानकारी दिए । उनले शर्मा निको भएपछि कार्यालयमा उपस्थित हुने बताउँदै स्थानीयलाई आक्रोशित नबन्न आग्रह गरे ।





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार ८:५१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया