चट्याङ लागेर एक बालकको मृत्यु

बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका-९ मङरुका नौ वर्षीय भरतराम कोलीको मृत्यु भएको हो । 

सोमबार साँझ करिब ७ बजेतिर घरनजिकै रहेको पधेँरामा पानी भर्न गएको बेला भरतलाई चट्याङ लागी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको शव मंगलबार परीक्षण गरिनेछ ।





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार ८:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया