अटो रिक्सा व्यवस्थित गर्न कर्णाली सरकारले बनायो समिति

कर्णाली सरकारले तीन पाङ्ग्रे सवारी साधन (अटो रिक्सा)लाई व्यवस्थित ढंगले संचालन गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मर बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा सञ्चालन हुने अटो रिक्सालाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

अटो रिक्सालाई व्यवस्थित रुपमा व्यवस्थापन गर्नको लागि बैठकले भीम बहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

गठित समितिमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाई, जिल्ला प्रशासन कार्यालय सुर्खेतका श्रीशमशेर राना, वीरेन्द्रनगर नगरपालिकाका यामराज गिरी र ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्य रहेका छन् ।





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १५:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया