logo-img

विराटनगर विमानस्थलमा निलगाईको समूह, उडान र अवतरणमा जोखिम

विराटनगर विमानस्थलको धावनमार्गमा लोपोन्मुख सूचीमा रहेको निलगाईको जहाज उडान र अवतरणमा समस्या बनाएको छ । 

विराटनगर विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रमुख उत्सवराज खरेलका अनुसार मंगलबार बिहान विमानस्थलको सुरक्षाका लागि लगाइएको तारबारभित्र तीनवटा निलगाई फेला परेका छन् ।

धावनमार्गमै निलगाई देखिएपछि सुरक्षाकर्मीले विमानस्थलबाट भगाएको खरेलले बताए । यसअघि विमानस्थलमा निलगाई देखिएको कामदारले बताएका थिए ।



फेन्सिङभित्र कसरी निलगाई पसे भन्ने विषयमा अनुसन्धान भइरहेको खरेलले बताए । यसअघि विमानस्थलको पश्चिमपट्टि सितागञ्ज क्षेत्रमा निलगाई देखिँदै आएका थिए ।

 





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १६:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया