अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा कुनै दु:ख लागेको छैन : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा कुनै दु:ख नलागेको बताएका छन् । 

मंगलबार ह्वाइट हाउसमा पत्रकारसँग बोल्दै बाइडेनले उक्त कुरा बताएका हुन्।

उनले अमेरिकाले अफगानिस्तानलाई गरेको वाचा पूरा गर्ने बताए पनि आफ्नो राष्ट्रका लागि आफै लड्नुपर्ने कुरामा जोड दिए । 

अमेरिकाले अफगानिस्तानसँग हवाई सहायता, सेनाको तलब र अफगानी सुरक्षाबलको सप्लाई आदि कुरामा सहयोग गर्ने वाचा गरेको थियाे । 

२० वर्षकाे सैन्य अभियानपछि अमेरिकी सैनिकको फिर्ती भएको छ । फिर्तीसँगै तालिबानको ज्यादती बढ्दै गइरहेको छ । अफगानी सैनिक र तालिबानबीच देशका विभिन्न क्षेत्रमा संघर्ष जारी छ । 

तालिबानले अहिलेसम्म कम्तीमा पनि ८ प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ । अरू सहरमा पनि कब्जा गर्ने दाउमा तालिबान छ । 



तालिबानले केही दिन अगाडि चाँडै नै सिँगै देश आफ्नो पोल्टामा हाल्ने बताएको थियो । 

संयुक्त राष्ट्र संघका अनुसार बितेको तीन महिनामा तालिबान र सुरक्षाकर्मीबीच झडप हुँदा एक हजारभन्दा धेरै आमनागरिक मरिसकेका छन् । यसैगरी करिब ढाइ लाख नागरिक विस्थापित भएका छन् । 



तालिबानले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई पनि अस्वीकार गरेको छ । 
 

  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १२:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया