कोरोना महामारी केन्द्रित मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । चालू आर्थिक वर्ष २०७८÷०७९ का लागि ल्याएको मौद्रिक नीतिले कोरोना भाइरसको महामारीबाट गम्भीर चपेटामा परेको पर्यटन क्षेत्रलाई सहुलियत प्रदान गरेको छ । महामारीबाट अतिप्रभावित बनेका होटल, ट्राभल र हवाई सेवामा आवद्ध व्यवसायी ऋणीलाई राष्ट्र बैंकले ब्याजमा हर्जाना नलाग्ने व्यवस्था गरेको छ ।

मौद्रिक नीतिमा उल्लेख छ, ‘कोभिड महामारीका कारण अतिप्रभावित क्षेत्र मध्येका होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवामा तथा बाह्य पर्यटकमा निर्भर हुने व्यवसायी ऋणीको हकमा अन्तर्राष्ट्रिय पर्यटक आउने सहज अवस्था नदेखिएको हुँदा त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने व्यवस्था गरिनेछ ।’ 

नीतिले कोरोनाबाट अतिप्रभावित रेष्टुरेन्ट, पार्टी प्यालेस, यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणका लागि भने समयावधि थपेको छ ।  यही २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको भुक्तानी १ वर्ष थप गरी कम्तीमा ४ किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको मौद्रिक नीतिमा उल्लेख छ । 

नीतिले पछिल्लो समय उत्साहित रहेको सेयर कर्जामा कडाइ गरेको छ । नीतिअनुसार धितो कर्जा लिनको लागि सीमा तोक्दै सेयर कर्जाका लागि एउटा बैंकबाट ४ करोडभन्दा बढी नपाइने भएको छ । 
राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट बढीमा ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था गरेको छ । मौद्रिक नीतिले पुनर्कर्जा सेवालाई भने निरन्तरता दिएको छ ।

मौद्रिक नीतिले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याएको छ । ब्याजदर करिडोरको ब्याजदरमा हेरफेर गर्दै पुनः कार्यान्वयनमा ल्याइएको हो । डा. युवराज खतिवडाको पालामा रोकिएको करिडोर १ प्रतिशत रहेको न्यूनतम दरलाई २ प्रतिशत र ३ प्रतिशतलाई साढे ३ प्रतिशत पु¥याइएको छ ।

यसैगरी, विदेशबाट रेमिट्यान्स पठाउनेको ब्याजदरबारे पनि मौद्रिक नीतिले व्यवस्था गरेको छ । चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत रेमिट्यान्सलाई बैंकमा निक्षेप राखे अन्य निक्षेपभन्दा १ प्रतिशत बढी ब्याज दिइने व्यवस्था भएको हो ।



मौद्रिक नीतिको पूर्णपाठ



  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १७:८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया